कुल बजार पूँजीकरणमा वित्तीय क्षेत्रका कम्पनीको हिस्सा दुई तिहाइभन्दा बढी

काठमाडौं, ४ साउन । मुलुकको धितोपत्र बजारको कुल बजार पूँजीकरणमा वित्तीय क्षेत्रका (बैंक, वित्तीय संस्था र बीमा) कम्पनीको हिस्सा दुई तिहाइ भन्दा बढी रहेको छ । नेपाल राष्ट्र बैंककले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनका अनुसार जेठ मसान्तमा धितोपत्र बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब पुगेकोमा उक्त कम्पनीहरूको हिस्सा ६८.४ प्रतिशत पुगेको हो, जुन रकमको आधारमा २८ खर्ब ८३ अर्ब रुपैयाँ बराबर हो ।

सोही अवधिमा कुल बजार पू्ँजीकरणमा जलविद्युत् कम्पनीको हिस्सा ८.९ प्रतिशत, लगानी कम्पनीको ८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ३.७ प्रतिशत, होटेलको १.५ प्रतिशत, व्यापारिक संस्थाको ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको ९.० प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ जेठसम्ममा सूचीकृत ५ अर्ब ८२ करोड शेयरको चुक्तामूल्य ५ खर्ब ७२ अर्ब ९२ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २० अर्ब ५४ करोड बराबरको डिबेन्चर, १४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर, १३ अर्ब ५४ करोड बराबरको साधारण शेयर र ८ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ५६ अर्ब ५३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *