Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कीर्तिमानी उचाई कायम गरेको नेप्से परिसूचक २९९४ मा फर्कियो

कीर्तिमानी उचाई कायम गरेको नेप्से परिसूचक २९९४ मा फर्कियो

काठमाडौं, ४ साउन । यो साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजार परिसूचक (नेप्से) १३.९७ अंकले बढेर बन्द भयो । कारोबार सुरु भएलगतै ५० अंकले बढेर ३०३२ विन्दुमा पुगेको नेप्से अन्तमा २९९४ विन्दुमा झरेर रोकियो ।

३०३२ को विन्दु ऐतिहासिक हो । यसभन्दा अगाडि गत जेठ ३१ गते ३०२५ विन्दुमा पुगेर फर्किएको थियो ।

सोमबार कारोबारमा आएका १३ समूह मध्ये माइक्रोफाइनान्स, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर र उर्जा समूहको उपसूचक घटेको पनि बाँकी अरु सबै समूहको उपसूचक बढेको छ। कारोबारमा पनि २१९ कम्पनीको ११ अर्ब ८१ करोड रुपैयाँको भएको छ। आइतबारको तुलनामा यो कारोबार रकम केही बढी हो ।

सबैभन्दा धेरै शेयर कारोबार एनआईसी एसिया बैंकको भएको छ । यो बैंकको ३५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै यो दिन सबैभन्दा धेरै कमाउँने कम्पनीहरुको सूचीको अग्रस्थानमा सिनर्जी हाइड्रोपावर कम्पनी रहेको छ ।यो कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x