ऊर्जा क्षेत्रमा ३९ प्रतिशतले घट्यो वैदेशिक लगानी

काठमाडौं, ४ असार । गत आर्थिक वर्ष २०७७÷७८ मा मुलुकको ऊर्जा क्षेत्रका उद्योगका लागि स्वीकृत वैदेशिक लगानीमा संकुचन आएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ऊर्जासम्बन्धी उद्योगका लागि १९ अर्ब ५४ करोड २४ लाख रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएकोमा गत आर्थिक वर्षमा घटेर ११ अर्ब ८२ करोड २६ लाख रुपैयाँमा सीमित भएको उद्योग विभागको तथ्यांक छ, जुन ३९.५ प्रतिशतले कम हो ।

यद्यपि गत आर्थिक वर्षमा सबैभन्दा बढी विदेशी लगानी स्वीकृत भएको क्षेत्र भने ऊर्जा नै रहेको छ । ऊर्जापछि दोस्रो धेरै लगानी भएको क्षेत्र सूचना तथा प्रविधि रहेको छ, जसमा ११ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ ।

यस्तै तेस्रोमा पर्यटनमूलक उद्योगमा ११ अर्ब ११ करोड ३७ लाख रुपैयाँ बरारबको विदेशी लगनी स्वीकृत भएको छ । यसैगरी उत्पादन मूलक उद्योगका लागि तीन अर्ब ३४ करोड ३५ लाख र कृषि तथा वनजन्य उद्योगका लागि ५३ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *