Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

देशभर स्मार्ट मिटर जडानको तयारीमा प्राधिकरण

देशभर स्मार्ट मिटर जडानको तयारीमा  प्राधिकरण

काठमाडौं, ४ साउन । नेपाल विद्युत प्राधिकरणले ग्राहकलाई स्तरीय विद्युत सेवा दिने गरी स्मार्ट मिटर जडानका विभिन्न योजना अघि सारेको छ । काठमाडौंका दुई वितरण केन्द्र मातहत करिब १ लाख स्मार्ट मिटर जडान जारी राखेको प्राधिकरणले उपत्यकाभर र क्रमिक रुपमा देशभर स्मार्ट मिटर जडान गर्ने कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी दिए ।

प्राधिकरणले रत्नपार्क र महाराज वितरण केन्द्र मातहतका सम्पूर्ण पुराना ग्राहक मिटर स्मार्टले प्रतिस्थापन गर्ने काम जारी छ ।एसियाली विकास बैंकको सहुलियतपूर्ण कर्जाबाट काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत हालसम्म करिब ५२ हजार थान स्मार्ट मिटर जडान भइसकेको जनाइएको छ । सो क्षेत्रअन्तर्गत ९७ हजार ग्राहक छन् ।

प्राधिकरणले काठमाडौं उपत्यका, पोखरा, बुटवललगायतका शहरी क्षेत्रमा रियल स्मार्ट मिटर जडान गर्ने र अन्य ग्रामिण क्षेत्रमा भने केही सस्तो स्मार्ट मिटर जडान गर्ने शाक्यले जानकारी दिए ।

तर मिटर जडानलगायत अन्य कार्यका लागि जनशक्ति अभावले असर परेको जनाएको उनले बताए । प्राधिकरणमा ११ हजार दरबन्दी रहेकोमा अहिले ८ हजार मात्र कर्मचारी हुँदा कार्यालयहरुमा आवश्यक प्राविधिक र प्रशासनिक कर्मचारीको अभाव रहेको छ । अब छिटै नयाँ कर्मचारी भर्ना गरिने पनि कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x