Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने मिति आजदेखि सकिँदै

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने मिति आजदेखि सकिँदै

काठमाडौ, ५ साउन । लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने साउन ५ गते (आज) अन्तिम दिन रहेको छ । बैंकले बिक्री खुला गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन आजसम्म मात्र दिन सकिने छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। जसमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ।

१० वर्ष अवधिको ‘८.५० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ मा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x