Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

मंगलबार सुनको मूल्य बढेर कारोबार

मंगलबार सुनको मूल्य बढेर कारोबार

काठमाडौं, ५ साउन । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० ले घटेर प्रतितोला १ हजार २८० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x