नेपाल लाइफ र ग्लोबल कलेजबीच सम्झौता

काठमाडौं, ५ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रम आयोजना गरी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका प्रिन्सिपल डा. देवराज पनेरुले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुनेछ । त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ ।

उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरेको उपस्थिति रहेको थियो ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *