Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

जनकपुर–जयनगर रेल सञ्चालनको तयारी पूरा, दुई देशको समझदारीमा चलाउन सकिने

जनकपुर–जयनगर रेल सञ्चालनको तयारी पूरा, दुई देशको समझदारीमा चलाउन सकिने

काठमाडौं, ६ साउन । जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले बताएको छ ।

हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकोमा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार आजभोलि नै भारत सरकारले हस्तान्तरण गर्ने गरी कार्यक्रम राखिएको थियो । अहिले मन्त्रालयस्तरमा सल्लाह गरेर केही कागजात आदानप्रदान र हस्तान्तरण गर्न बाँकी छ ।

भारत सरकारले नेपाल सरकारलाई रेल सञ्चालनका लागि बनाएको सबै संरचना हस्तान्तरण गर्ने महाप्रबन्धक भट्टराईले बताए । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएका रेलको ट्य्राक, स्टेशन, भवन, आवास भवन, कम्प्युटरलगायत सामग्री विधिवत् हस्तान्तरण हुनेछ । दुई देशबीच रेल सञ्चालनका लागि आवश्यक पर्ने अरू कागजात आदानप्रदान गर्नुपर्ने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x