Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

महालक्ष्मी विकास बैंकले गत वर्ष ७३ करोड २९ लाख खुद नाफा कमायो

महालक्ष्मी विकास बैंकले गत वर्ष ७३ करोड २९ लाख खुद नाफा कमायो

काठमाडौं, ६ साउन । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७७–०७८ मा ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १.५० प्रतिशत र सञ्चालन मुनाफा ६७.७९ प्रतिशतले बढेको छ । वितरणयोग्य नाफा पनि बढेर ५६ करोड ३८ लाख रुपैयाँ पुगेको बैंकले जारी गरेका वित्तीय प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष १३.९५ रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी ७.९८ रुपैयाँले बढेर २१.९३ रुपैयाँ कायम भएको छ ।

यस्तै बैंकको निष्क्रिय कर्जा भने २.८ प्रतिशतले बढेर ३.३२ प्रतिशत पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *