४१ लाख नाघ्यो कोभिडबाट ज्यान गुमाउनेको संख्या, १९ करोड १४ लाख संक्रमित

काठमाडौं, ६ साउन । कोरोना शुरू भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख १८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख १८ हजार ४४१ जनाको मृत्यु भएको छ ।

विश्वभर कुल संक्रमित १९ करोड १४ लाख ४८ हजार ९१४ जना रहेका छन । हालसम्म तीन अर्ब ८९ करोड ९७ लाख ८६ हजार ३७१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *