Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा ३२ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा ३२ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना

काठमाडौं, ६ साउन । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ । ३२ औं वर्षिकोत्सवको अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डा फहराएका थिए ।

३२ औं वर्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । त्यसपश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रम सुरुवात गरिएको थियो ।

उक्त कार्यक्रममा ६७ जना बैंकका कर्मचारीहरुले रक्तदान गरेका थिए । वािर्षकोत्सवको अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने बताएको छ । वर्षिकोत्सवका विविध कार्यक्रम संघका विभिन्न क्षेत्रीय समितिहरुमा समेत संचालन गरिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x