सेयर बजारमा १५ अंकको बृद्धि

काठमाडौं, १५ चैत । साताको अन्तिम कारोबार दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ । बजार खुलेसँगै बढ्न थालेको बजार बीचमा केही घटेपनि अन्तमा १५.४८ अंकले बढेर बन्द भयो ।
पछिल्लो महिना निरन्तर घट्दोक्रममा रहेको बजारमा हिजो पनि केही सुधार देखिएको थियो । आज कारोबारमा आएका मध्ये व्यापार र अन्य समूहको परिसूचक घटेपनि बाँकी सबै समूहको परिसूचक भने सकारात्मक रह्यो । सो दिन १ सय ६४ कम्पनीको ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसमा पनि मेगा बैंकको सबैभन्दा धेरै सेयर कारोबार भयो ।
पछिल्लो समय निरन्तर घटेको बजार सरकारले स्वयत पत्र मार्फत पूँजी बजारलाई सम्बोधन गर्ने तयारीका कारण लगानीकर्तामा बढेको उत्साहका कारण बजार बढेको विश्लेषण गरिएको छ ।