ग्लोबल आईएमई क्यापिटल शनिबार पनि खुल्ला रहने
काठमाडौं, ८ साउन । ग्लोबल आईएमई क्यापिटलको कार्यालय शनिबार पनि खुल्ला रहने भएको छ। क्यापिटलले हकप्रद तथा शेयर भर्नेहरुलाई लक्षित गर्दै कार्यालय खुल्ला राख्ने भएको हो।
एचआईडीसीएलको हकप्रद र मध्य भोटेकोशीको आयोजना प्रभावितको शेयर आवेदन लिनका लागि साउन ९ गते शनिबार नक्सालस्थित क्यापिटलको मुख्य कार्यालय बिहान १० बजेदेखि ३ बजेसम्म खुल्ला राख्ने क्यापिटलले जानकारी दिएको छ। सो समयमा शेयर आवेदनका अलावा अन्य सेवा पनि उपलब्ध गराउने क्याटिलले जनाएको छ।