Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

मिरमिरे माइक्रोफाइनान्सले दियो हकप्रद निष्कासनको लागि आवेदन

मिरमिरे माइक्रोफाइनान्सले दियो हकप्रद निष्कासनको लागि आवेदन

काठमाडौं, १६ चैत्र । मिरमिरे माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । माइक्रोफाइनान्सले १ बराबर १ कित्ता अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासनको लागि आवेदन दिएको हो ।

माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको लागि माइक्रोफाइनान्सले एनआईविएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

माइक्रोफाइनान्सले यस अघि शेयरधनीहरुलाई ३०.८ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । हकप्रद शेयर र बोनस पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड ३८ लाख रुपैयाँ पुग्नेछ । माइक्रोफाइनान्सको हाल चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x