Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, १४ अर्ब बढीको शेयर कारोबार

नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा, १४ अर्ब बढीको शेयर कारोबार

काठमाडौं, १० साउन । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । यस अघि साउन ४ गते ३०३२ विन्दुसम्म पुगेर घटेको बजारले आज भने नयाँ रेकर्ड कायम गरेको छ । त्यसअघि जेठ ३१ गते २०२५ विन्दुमा पुगेको थियो भने आज परिसूचक ३०५८.६४ विन्दुमा रोकिएको छ। आज नेप्से परिसूचक ५४.३१ अंकले वृद्धि भएको छ ।

आज २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार भन्दा बढी कित्ता शेयर १४ अर्ब २३ करोड रुपैयाँमा खरिद विक्री भएको छ ।

आज ९ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । जसमध्ये ७ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । आज बैंकिङ समूहको परिसूचक वृद्धि भएको । बैंकिङ समूहको परिसूचक ३.४३ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये दुई वटा समूहको परिसूचकमा कमी आएको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । परिसूचक घट्नेमा होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत र म्युचुअल फण्ड समूह १.२९ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x