Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नागरिक लगानी कोष र राष्ट्रिय बिमा कम्पनी वीच पेन्सन वितरण सम्भौता

नागरिक लगानी कोष र राष्ट्रिय बिमा कम्पनी वीच पेन्सन वितरण सम्भौता

काठमाडौं, १६ चैत्र । राष्ट्रिय बिमा कम्पनीको अबकास प्राप्त कर्मचारीहरुको निवृतीभरण भुक्तानी गर्न नागरिक लगानी कोष, बैक अफ काठमाण्डौं (बिओके) र रष्ट्रिय बिमा कम्पनी वीच सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीर विक्रम रायमाझीले हस्ताक्षण गरेका हुन । हस्ताक्षर पछि कोषका कार्यकारी निर्देशक पोखरेलले सार्वजनिक संस्थाहरुमा अबकाश प्राप्त कर्मचारीहरुको पेन्सन बितरण कार्य कोषले गरेकोले कोषे ढुङा सावित भएको बताए । उनले बिमा कम्पनीबाट अवकास भएका कर्मचारीहरुको पेन्सन बितरण कोष माफर्त बिओकले गर्ने जानकारी दिए ।

सम्झौता पछि निवृत्तिभरण रकम भुक्तानीका लागि बैंकमा कोषले तोकेको खाता खर्च गरी पेन्सन–पट्टामा बैंक र पेन्सन भुक्तानी लिनेको दस्तखत गरी बैकले रकम भुक्तानी गर्नेछ । निवृत्तिभरकले पाउने १२ महिनाको मासिक निवृत्तिभरण र थप एक महिना बराबरको चाडपर्व खर्च सहित १३ महिनाको निवृत्तिभरण रकम कोषको निर्देशनपछि बैकले भुक्तानी गर्ने छ । निबृत्तिभरकलाई थप अन्य सुबिधा बापतको रकम भुक्तानी गर्नु परेमा बिमा कम्पनीले कोष मार्फत गरेको अनुरोधका आधारमा मात्रै बैकले थप भुक्तानी गर्ने छ ।

निवृत्तिभरणको भुक्तानी प्रत्येक महिनाको १५ गते पछि गर्ने ब्यवस्था मिलाइएको छ । निबृत्तिभरण रकम भुक्तानी लिन निवृत्तिभरक पेन्सन–पट्टाका साथ प्रत्येक छ÷छ महिनामा बैंकमा स्वयं उपस्थित हुनु पर्ने ब्यवस्था गरिएको छ । स्वयं उपस्थित हुन असमर्थ भएमा मञ्जुरीनामाबाट भुक्तानी लिन मञ्जुरीनामाको निवेदन राष्ट्रिय बीमा कम्पनीले प्रमाणित गरे पछि मात्र पाइने कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

कोषले यो भन्दा अघि नेपाल दुर संचार र प्रशाशनिक प्रशिक्षण प्रतिस्ठानबट अबकाश प्राप्त कर्मचारीहरुलाई पेन्सन बितरण कार्य गरिसकेको छ । यो सगै कोषमा निजी क्षेत्र र अन्य संस्थाको पनि पेन्सन बितरण गर्ने अनुभव रहेकोले आगामी दिनमा सरकार र अन्य निकायको पेन्सन बितरणको ब्यवस्था गर्ने तर्फ पनि कोषले गृहकार्य गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x