बीमाको पहुँच १० प्रतिशत जनतामा

काठमाडौं, १६ चैत । बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईले नेपालमा बीमाको पहुँच कुल जनसंख्याको १० प्रतिशत जनतामा पुगेको जानकारी गराएका छन् । बीमा समिति र आर्थिक पत्रकार समाज (सेजन) को आयोजना आज देखि संचालित बीमा सम्बन्धि प्रशिक्षण कार्यक्रममा उनले एक वर्ष अघि सम्म ७ प्रतिशत जनतामा सिमित रहेको बीमाको पुहँच अहिले १० प्रतिशत जनतामा पुगेको जानकारी दिए ।

अध्यक्ष चापागाईले बीमाको पहुँच विस्तार नहुनुमा जनचेतना अभाव प्रमुख समस्या भएको भन्दै आगामी दिनमा समितिले स्थानीय र प्रदेशीक सरकारसँग सहकार्य गरेर जनचेतना कार्यक्रमलाई प्रभावकारी बनाउने बताए । त्यस्तै भौगोलिक कठिनाई, बीमा कम्पनीहरुको सहरकेन्द्रित शाखा विस्तार लगायतका कारण पनि बीमा बजारमा प्रतिस्पर्धा बढ्न नसकेको उनले बताए ।

दुई दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा आर्थिक पत्रकारहरुलाई बीमाको आधारभूत जानकारी दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *