Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

श्वेतपत्र जारी गर्दै अर्थमन्त्रीले भने ‘अर्थतन्त्रका सबै समस्या समाधान गर्दै सम्बृद्धिको बाटोमा अघि बढ्छौ’

श्वेतपत्र जारी गर्दै अर्थमन्त्रीले भने ‘अर्थतन्त्रका सबै समस्या समाधान गर्दै सम्बृद्धिको बाटोमा अघि बढ्छौ’

काठमाडौं, १६ चैत । सरकारका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको वर्तमान आर्थिक स्थिती र भविष्यमा चाल्नुपर्ने रणनीति सहितको श्वेतपत्र जारी गरेका छन् । संघीय संसदमार्फत जारी गरेको श्वेतपत्रमा मुलुकको विद्यमान अर्थतन्त्रकाबारे जानकारी दिइएको छ ।

संसदमा स्वयतपत्र जारेपछि अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट अनुशासन कायम हुन नसक्दा देशको ढुकुटी रितो हुने अवस्थामा पुगेको जानकारी दिए । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण मोडमा रहेको भन्दै मन्त्री खतिवडाले गैरबजेटरी खर्च नियन्त्रण हुन नसकेको बताए । मुलुक संघीयतामा गएसँगै प्रशासनीक खर्च बढेपनि राजस्वको दायरा संकुचित भएको उनले बताए ।

त्यस्तै व्यापारघाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाहदर घट्नु, पूननिर्माण लगायत अन्य विकास निर्माणका कामहरु सुस्त हुनु समस्या आएको बताए । मन्त्री खतिवडाले अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्दै सुशासन र दु्रत आर्थिक विकास मार्फत सम्बृद्धिको यात्रा प्ररम्भ गर्न उपलब्ध स्रोत, साधन र अवसरलाई सरकारले उपयोग गर्ने बताए । उच्च आर्थिक बृद्धिका लागि लगानी र त्यसको उत्पादकत्व बृद्धि गर्ने र यसका लागि स्वदेशी तथा विदेशी पूँजी परिचालनका लागि अनुकुल नीति तथा व्यवस्थापकिय सुधार गर्ने कार्यको सुरुवात गरिसकेको पनि उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x