Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईसी एशिया लघुवित्तले दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने

एनआईसी एशिया लघुवित्तले दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने

काठमाडौं, १३ साउन । एनआईसी एशियाले लघुवित्तको पहुँच नभएको स्थानमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । संस्था स्थापनाको पाँचौँ वर्ष प्रवेशको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक सवलीकरणका लागि विकट क्षेत्रमा पनि सेवा विस्तार गर्ने बताए ।

‘एनआईसी एशिया लघुवित्तको उद्देश्य विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक सवलीकरणका लागि स्वरोजगार प्रोत्साहन गर्नु हो । त्यसका निम्ति हाम्रो सेवालाई उनीहरूको पहुँचमा धेरैभन्दा धेरै पुर्‍याउनुपर्छ । विकट क्षेत्रमा पनि लघुवित्तको पहुँच अब हामी पुर्‍याउँछौँ,’ उनले भने ।

२०७४ सालमा स्थापना भएको यस लघुवित्तका ७७ जिल्लामा यसका २ सय ७० शाखा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x