Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नेप्से परिसूचक ३१०० विन्दु पार गरेर फर्कियो, १३ अर्बभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक ३१०० विन्दु पार गरेर फर्कियो, १३ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं १३ साउन । बुधबार नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु ३११२ मा पुगेर फर्किएको छ । बजार बन्द हुँदा गत कारोबारको तुलनामा १५.३० अंक वृद्धि भएर आजसम्मकै उच्च विन्दुमा ३०९४.९४ विन्दुमा बन्द भएको छ । हिजो परिसूचक ३०७९ विन्दुमा बन्द भएको थियो ।

आज २१९ कम्पनीको १३ अर्ब २९ करोड १९ लाख रुपैयाँमा २ करोड ८१ लाख ७० हजार कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ४ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि होटल तथा पर्यटन समूहको ७.०९ प्रतिशत भएको छ । त्यसैगरी निर्जीवन बीमा समूहको ३.०८ प्रतिशत र फाइनान्स समूहको परिसूचक २.६३ प्रतिशतले वृद्धि भएको छ ।

परिसूचक घट्नेमा बैंकिङ समूह ०.८७ प्रतिशत, हाइड्रोपावर समूह १.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५५ प्रतिशत र म्यूचुअल फण्ड समूह ०.०५ प्रतिशत रहेका छन् ।

आज सर्वाधिक शेयर मूल्य घट्नेमा हाइड्रोपावर कम्पनीहरु रहेका छन् । अधिकांश हाइड्रोपावर कम्पनीहरुको शेयर मूल्य आज घटेको छ ।
सर्वाधिक शेयर मूल्य वृद्धि नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, मल्टिप्रपोज लिमिटेड र चन्द्रागीरी हिल्स लिमिटेडको भएको छ । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य ४८६ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x