Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

‘मेरो देश, मेरै उत्पादन’ को दोश्रो चरणको अभियान सुरु

‘मेरो देश, मेरै उत्पादन’ को दोश्रो चरणको अभियान सुरु

विराटनगर, १४ साउन । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई जनस्तरसम्म पु¥याउन दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामवहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई हस्तान्तरण गरेका छन् ।

स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई संचालित यो अभियानको दोश्रो चरणको जागरण अभियान पनि हिजोबाटै आरम्भ गरेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गर्दै यस अभियानलाई सार्थक वनाउदै आत्मनिर्भर अर्थतन्त्र निर्माण र वढ्दो व्यापार घाटालाई न्यूनिकरण गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले स्वदेशी उद्योगहरुको संरक्षण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरिद ऐनमा समेत स्वदेशी वस्तु खरिदलाई प्राथमिकता दिई सोही अनुरुपको व्यवस्था गर्न आग्रह गरे ।

यस्तै मुख्यमन्त्री शेरधन राईले संगठन र संघले शुरु गरेको यस अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै यस अभियानको कार्यान्वयमा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x