मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ विक्री खुला

काठमाडौं, १४ साउन । मैलुङ खोला जलविद्युत् कम्पनीको आइपीओ आजदेखि विक्री खुला भएको छ।कम्पनीले सर्वसाधारणलाई ७ करोड ३६ लाख २८ हजार रुपैयाँ बराबरको आईपीओ विक्री गर्न लागेहो हो ।

सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याइएको हो ।

आइपीओमा छिटोमा साउन १८ र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *