Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

योजना आयोगका उपाध्यक्ष पौडेलले जिम्मेवारी सम्हाले

योजना आयोगका उपाध्यक्ष पौडेलले जिम्मेवारी सम्हाले

काठमाडौं, १४ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले जिम्मेवारी सम्हालेका छन् । उपाध्यक्ष डा. पौडेलले आज पथ तथा गोपनीयताको शपथ लिए लगतै आयोगको कार्यालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई उपाध्यक्ष सहित सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुले पनि जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् ।

आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ । नेपाल सरकारको मुख्य सचिव र अर्थ सचिव समेत आयोगमा पदेन सदस्य रहन्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x