Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

जीडीपीको तुलनामा वैदेशिक व्यापारको हिस्सा ६ प्रतिशतले बढ्यो

जीडीपीको तुलनामा वैदेशिक व्यापारको हिस्सा ६ प्रतिशतले बढ्यो

काठमाडौं, १४ साउन । गत आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा वैदेशिक व्यापारको हिस्सा अघिल्लो आवको तुलनामा ६.३ प्रतिशतले बढेको छ । भन्सार विभाग र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्यांकले यस्तो देखाएको हो ।

गत आवमा जीडीपीको तुलनामा वैदेशिक व्यापारको हिस्सा ३९.४ प्रतिशत रहेको छ । अघिल्लो आवमा यो ३३.१ प्रतिशत रहेको थियो ।

गत आवमा नेपालको कुल १६ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको, जुन गत आवमा नेपालको जीडीपीको आकार आकार (४२ खर्ब ६६ अर्ब ३९ करोड)को तुलनामा ३९.४ प्रतिशत हो । जीडीपीमा निकासी र पैठारीको हिस्सा क्रमशः ३.३ प्रतिशत र ३६.१ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा जीडीपीमा मुलुकको वैदेशिक व्यापारको हिस्सा ३३.१ प्रतिशत रहँदा यसमा निर्यात र आयातको योगदान क्रमशः २.६ र ३०.६ प्रशित रहेको थियो । अघिल्लो आवमा जीडीपीको आकार ३९ खर्ब १४ अर्ब ७० करोड रुपैयाँ बराबरको हुँदा कुल वैदेशिक व्यापार १२ खर्ब ९४ अर्ब ५१ करोड रुपैयाँको भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x