Date

शनि, कार्तिक २९, २०८२
Sat, November 15, 2025

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थ मन्त्रालयले तीन दिनको समय दिएर सोध्यो स्पष्टीकरण

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थ मन्त्रालयले तीन दिनको समय दिएर सोध्यो स्पष्टीकरण

काठमाडौं, १४ साउन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको छोरी रेविका ढुंगानाले सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयलाई लिएर अर्थमन्त्रालयले स्पषटीकरण माग गरेको छ । मन्त्रालयले आज पत्राचार गर्दै तीनदिन भित्र तथ्यपरक विवरण पेश गर्न बोर्डलाई भनेको छ।

बुक बिल्डिङ प्रणालीमार्फत आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर बोर्डका अध्यक्ष ढुंगानाको छोरी रेविकाले खरिद गरेको पाइएपछि उनी विवादमा तानिएका छन् । बुक बिल्डिङमार्फत साढे ७ सय रुपैयाँमा बेच्ने प्रस्ताव गरेको सर्वोत्तमले २५० रुपैयाँमा अमेरिका बस्ने ढुंगानाको छोरीले १० हजार कित्ता शेयर बेचेको पाइएको छ।

पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षकै परिवारले नै आइपीओ ल्याउन लागेको कम्पनीको शेयर किन्नुलाई ढुंगानको विचलनको रुपमा धेरैले लिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *