Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

मेगा बैंकले आज एकैदिन छ वटा शाखा कार्यालय विस्तार गर्यो

मेगा बैंकले आज एकैदिन छ वटा शाखा कार्यालय विस्तार गर्यो

काठमाडौं, १५ साउन । मेगा बैंक नेपालले आज एकैदिन छ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा तीन वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा छ वटा नयाँ शाखाहरु विस्तार गरेको हो ।

बैंकले प्रदेश नम्बर १ को सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुर, वागमती प्रदेशको नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा र सोही महानगरपालिकाको वडा नम्बर १० भरतपुर हाइटमा नयाँ शाखा संचालनमा ल्याएको हो । लुम्बिनी प्रदेशको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोमा र सुदूरपश्चिम प्रदेशको कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ एलएन चोक नयाँ शाखा विस्तार गरी बैंकिङ कारोबारको प्रारम्भ गरिएको जनाइएको छ।

यो सँगै मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x