नेप्से परिसूचक झिनो अंकले बढ्यो, ६ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, १७ साउन । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंकले वृद्धि भएर बन्द भएको छ । गत कारोबारको तुलनामा नेप्से परसूचक १.२५ अंकले वृद्धि भएर ३०८१.०५ विन्दुमा रोकिएको छ ।
२२६ वटा कम्पनीको ३ करोड ३ लाख ४७ हजार कित्ता शेयर १२ अर्ब १० करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कारोबारमा आएक १३ समूहमध्ये ७ वटा समूहको परिसूचक घटेको छ भने बाँकी ६ वटा समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक वृद्धि हुनेमा उद्य्रोग समूह १.७३ प्रतिशत, विकास बैंक समूह ०.३९ प्रतिशत, हाइड्रोपावर समूह २.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.५२ प्रतिशत, लघुवित्त समूह १.१७ प्रतिशत र लगानी समूह १.६१ प्रतिशत रहेका छन् ।
आज ६ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले शेयर मूल्य वृद्धि हुनेमा सिनर्जी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड,कालिका पावर कम्पनी लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड, यूनिभर्सल पावर कम्पनी लिमिटेड, ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।
लक्ष्मी इक्वीटी फण्ड, चन्द्रगिरी हिल्स लिमिटेड, कुमारी इक्वीटी फण्ड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलगायतको शेयर मूल्य सर्वाधिक घटेको छ ।