लोभलाग्दो जागिर छाडेर कवाडी काममा रमाउदै आयुषी

काठमाडौं, १७ चैत । काठमाडौं उपत्यकालाई वातावरण मैत्री, स्वच्छ सहर बनाउन सरकारी तथा गैर सरकारी निकायबाट थुप्रै अभियानहरु चलाइए पनि अझै फोहोर मैला व्यवस्थापनमा उल्लेख्य सफलता हाँसिल हुन सकेको छैन । तर फोहोरमैला व्यवस्थापनलाई नै आफ्नो व्यवसाय बनएकी एक युवती आयुषी केसी भने यतिबेला सबैको चर्चामा पर्न सफल भएकी छिन् । अमेरीकाको विजनेस म्याग्जिन फोब्सले हरेक बर्ष सार्वजानिक गर्ने ३० बर्ष भन्दा कम उमेरका ३० जना प्रभावशाली एसीयाली युवा उद्यमीहरुलाई समेटेर प्रकाशित गरेको सुचिमा परेपछि उनको चर्चा अझ चुलिएको हो ।

उनी फोहर मैला व्यवस्थापनलाई अभियानका रुपमा नलिइ प्रत्येक व्यक्तिले आफ्नो कर्तव्य र दायित्वका रुपमा लिनुपर्ने बताउ छिन् । करिव १० महिना अघि मे २०१७ मा खालीसिसी डट कम नामक संस्था स्थापना गरी उनी फोहरमैला व्यवस्थापनमा सक्रिय बनेकी हुन । व्यवस्थापन संकायमा स्नातक गरे कि आयुषी केसी फोहरमैलाई व्यवसायका रुपमा अगाडी बढाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन । ५० बर्ष अघि देखी कवाडीहरुको फोहोर संकलन शैलीमा परिवर्तन नआए पछि उनले खालीसिसी डट कम नामक संस्थाबाट यसलाई आधुनिकीकरण गरी फोहोर संकलन प्रक्रियालाई डिजिटल शैलीमा परिमार्जन गर्ने अभियान थालेकी हुन ।

काठमाण्डौँमा अहिले १३ हजारको संख्यामा रहेका कबाडी मध्ये यस संस्थामा १ सय ५० जना कवाडीवाहरु आवद्ध छन् । शुरु शूरुमा आफ्नो कामलाई विश्वास नगरी मजाकका रुपमा लिएपनि अहिले उनीहरुको ३२ प्रतिशत सम्म आम्दानीमा वृद्धि भएको उनले बताइन ।
काठमाण्डौमा मात्र दैनिक ५ देखी ९ लाख किलो सम्म फोहर उत्पादन हुन्छ। यसको ७० प्रतिशत फोहर पुन प्रयोग गर्न मिल्ने भएपनि सो फोहोर डम्पिङ क्षेत्रमा पुग्ने गरेको भन्दै उनले यसलाई रोक्न सके वातावरणमा पनि सुधार आउने भएकोले आफु यस क्षेत्रमा आकर्षित भएको बताइन । युएसएआइडी र नेपाल उद्योग बाणिज्य महासंघ जस्ता संस्थामा काम गरेकी आयुषी एकाएक त्यो काम छोडेर खालीसीसी,बोटल,कपी किताब,पत्रिका संकलन जस्तो कवाडको काम गर्ने योजना सुनाएपछि सबै अचम्म परेको अनुभव उनले सुनाइन । खालीसिसी डट कम संस्था दर्ता गर्न जादाँ समेत त्यहाँका कर्मचारीहरुले केहि नबुझी छक्क परेको थिए ।

कबाडलाई पेसाका रुपमा स्थापित गर्दै अहिले रिङ रोड भित्र मात्र काम भएरहेको र अबको केहि महिनामै यसलाई विश्वव्यापी रुपमा काम गर्ने योजना रहेको छ । सुन्दा फोहर शब्द सबैले छि भन्ने गरे पनि यसमा निकै सम्भावना रहेको उनको बुझाई छ। मुलुकका अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि थुप्प्रै चुनौती छन् । संकलन गरीएका बस्तुहरुको पुर्न प्रयोगमा ल्याउने आवश्यक प्रविधी नहुनु यसको मुख्य चुनौती रहेको उनले बताइन् । फुटेका ग्लासहरु पुन प्रयोगमा ल्याउन सकिने भएपनि प्रविधीको अभावमा भारत जानुपर्ने समस्याले पनि यस्ता समानहरु संकलनमा समेत समस्या रहेको अनुभवन उनीसँग छ । फोहोरमैला व्यवस्थापनमा सरकारको मात्र मुख नताकी सबैले आ–आफ्नो क्षेत्रबाट फोहोर व्यवस्थापनको जिम्मेवारी मात्रै लिने हो भनेपनि चाडै स्वच्छ, सुन्दर र प्रदुषण रहित समाज निर्माण हुने बताउदै केसीले युवा वर्गमा यस सम्बन्धी जागरण ल्याउन आवस्यक रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *