Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नबिल फाउण्डेसनद्वारा ४ विद्यँलयका दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग

नबिल फाउण्डेसनद्वारा ४ विद्यँलयका दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग

काठमाडौं, १६ चैत्र । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले दृिष्ट बिहिन सहयोग केन्द्र नेपालको सहकार्यमा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुको शैक्षिक विकासका लागी ८ थान नयाँ कम्प्युटरहरु हस्तान्तरण गरेको छ । कम्प्युटरहरुमा दृष्टिविहीन छात्रछात्राहरुलाई अध्ययन गर्न सहजताको लागी जज् नामक सफ्टवेयर स्थापना गरी हस्तान्तरण गरिएको छ । ती कम्प्युटरहरु शिवालय माध्यमिक विद्यालय – कुश्मा, पर्बत, बन्देवी माध्यमिक विद्यालय – चौतारा सिन्धुपलान्चोक, अमर ज्योति माध्यमिक विद्यालय – पालुङटार, गोर्खा तथा जन विकास माध्यविक विद्यालयका – बेशिसहर, लम्जुङ मा बाँडिएका थिए ।

कुश्मा, पर्बत स्थित शिवालय माध्यविक विद्यालयको कार्यक्रम मूख्य अतिथी प्रतिनिधि सभा सदस्य माननीय पदम गिरीको उपस्थीतीमा सम्पन्न भएको थियो । नबिल बैंकका बागलु¨ शाखाका शाखा प्रमुख लुजा राज भण्डारीले विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष ईश्वर गिरीलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । यसै गरी बन्देवी माध्यविक विद्यालय चौतारा सिन्धुपाल्चोकमा नबिल बैंकका धुलिखेल शाखाका शाखा प्रमुख धर्मराज बंजाराले कम्प्युटरहरु हस्तान्तरण गरे । विद्यालय प्र¨णमा आयोजित कार्यक्रममा चौतारा संघ चोक गडि गाउपालिकाका उप मेयर श्रीमति जानुका पराजुली तथा जिल्ला शिक्षा विभागका कार्यवाहक प्रमुख देवराज पौडेलको उपस्थीती रहको थियो । यसका साथै पालुङटार, गोर्खा स्थित अमर ज्योति माध्यमिक विद्यालयमा बैकका गोर्खा शाखाका संचालन इन्चार्ज विश्वाश श्रेष्ठले विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष, प्रकाश न्यौपानेलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा गोर्खा महिला अपाङ्ग संघका अध्यक्ष, श्रीमती गीता माया श्रेष्ठको समेत उपस्थीती रहेको थियो । अन्ततः लम्जुङ स्थित जन विकाश माध्यविक विद्यालयमा नबिल बैंकका बेसिसहर शाखाका संचालन इन्चार्ज नारायण आचार्यले सो कम्प्युटरहरु लम्जुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युबराज मैनाली लाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा जिल्ला शिक्षा प्रमुख गोपाल प्रशाद कडेलको समेत उपस्थीती रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x