Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटन बोर्डको बजेट साउन २५ गते ल्याइने

पर्यटन बोर्डको बजेट साउन २५ गते ल्याइने

काठमाडौं, १८ साउन । नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माण अन्तिम चरणमा पु¥याएको छ । हाल बोर्डको बजेट लेखनको काम भइरहेको छ । त्यसलाई सकेर साउन २५ भित्र सार्वजनिक गर्ने बोर्डको योजना छ ।

बोर्डले संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा बजेट निर्माण गरेको उपाध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिई बोर्डले बजेट निर्माण गरेको छ । ‘पर्यटकहरू केही चिनिएका गन्तव्यहरू, जस्तै– काठमाडौं, पोखरा, लुम्बिनी र चितवन मात्र जाने गरेका छन् । त्यसलाई तोड्दै अन्त्र लैजान अन्य गन्तव्यहरुको समेत प्रवद्र्धन गर्ने काममा हामी लागिरहेका छौं,’ उपाध्यक्ष रिजालले भने, ‘देखिने गरी सातवटै प्रदेशमा पर्यटकीय गन्तव्यहरूको विकास गर्ने हाम्रो योजना छ ।’

कोभिड–१९ ले गर्दा करिब २ वर्षदेखि बाह्य पर्यटको आगमन ठप्प छ । पर्यटक आगमन ठप्प हुँदा बजेटको स्रोत व्यवस्थापनमा समेत दबाव परेको छ । तर, बोर्डले आन्तरिक स्रोत–साधनको उच्चतम परिचालन गरी बजेट निर्माण गरेको जनाएको छ । ‘स्रोतका लागि हामी निकै लाग्यौं, ऋणहरू लिने, नेपाल सरकारसँग अनुदान लिने भनेर पनि प्रयासहरु ग¥यौं, तर सरकारबाट त्यो सहयोग प्राप्त हुन सकेन, त्यसपछि आफ्नै जुन स्रोत छ टिएसएफ, टिम्स लगायतबाट विगतमा उठ्न बाँकी र सञ्चित कोषबाट हुने रकमलाई नै उपयोग गर्ने भएका छौं,’ उनले भने ।

सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएकोमा सन् २०२० मा घटेर २ लाख ३० हजार ८५ पर्यटक मात्रै नेपाल आएका थिए । पर्यटक आगमन घट्दा बोर्डको आम्दानीमा समेत कमी हुन्छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचनाको प्रक्षेपणअनुसार पर्यटक आगमन सन् २०१९ कै अवस्थामा फर्काउन अर्को दुई वर्ष लाग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x