Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

४ अर्बले बढ्यो उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता

४ अर्बले बढ्यो उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता

काठमाडौं, १९ साउन । गत आर्थिक वर्ष २०७७÷७८ मा मुलुकका उद्योग क्षेत्रमा गरिएको लगानी प्रतिबद्धता रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ४ अर्बले बढेको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा स्वदेशी तथा विदेशी लगानीकर्ताबाट १ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएकोमा गत आर्थिक वर्षमा १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको प्रस्ताव गरिएको हो ।

अघिल्लो आर्थिक वर्षमा ठूला, मझौला र साना गरी २७७ ओटा उद्योगका लागि उक्त रकम बराबरको लगानी प्रतिबद्धता गरिएकोमा गत आर्थिक वर्षमा २०३ वटा उद्योगका लागि सो लगानीको प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी लगानी प्रतिबद्धतातर्फ भने ४ अर्ब ६० करोडले कमी आएको छ । आर्थिक वर्ष २०७६÷७७ मा ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता गरिएकोमा गत आर्थिक वर्ष २०७७÷७८ मा ३२ अर्ब २० करोड विदेशी लगानी प्रस्ताव आएको छ । अघिल्लो आर्थिक वर्षमा २२३ वटा र गत आर्थिक वर्षमा १८३ वटा उद्योगका लागि सो लगानी प्रतिबद्धता आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x