Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिद्धार्थनगर सिटी हस्पिटलमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छुट

सिद्धार्थनगर सिटी हस्पिटलमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौं, १९ साउन । महालक्ष्मी विकास बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटल प्रा।लिमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धि दुई संस्थाबीच सोमवार सम्झौता भएको हो ।

बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा उक्त हस्पिटलसँग सम्झौता भएको हो । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याव सेवा, एक्स(रे तथा भिडियो एक्स(रे सेवा र इसिजि तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड(१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x