Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जनवरी–जुलाई अवधिमा भित्रिए ६१ हजारभन्दा बढी पर्यटक

जनवरी–जुलाई अवधिमा भित्रिए ६१ हजारभन्दा बढी पर्यटक

काठमाडौं, १९ साउन । यस वर्ष (सन् २०२१) को ७ महिनामा ६१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको तथ्यांक अनुसार गत जुलाई महिनासम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा कुल ६१ हजार ४९ जना पर्यटक आएका हुन् ।

बितेका ७ महिनामा गत अप्रिलमा सबैभन्दा धेरै पर्यटक नेपाल आएका थिए । सो महिना २२ हजार ४५० पर्यटक भित्रिएको तथ्यांकले देखाउँछ ।

जुलाईमा भने २ हजार ९९१ पर्यटक उक्त विमानस्थल भएर नेपाल आएका छन् । गत महिना नेपाल आएका पर्यटक गतवर्षको सोही अवधिको भन्दा १ हजार ४३३ प्रतिशतले बढी हो । सन् २०२० को जुलाई महिनामा त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने पर्यटकको संख्या १९५ मात्र थियो ।

जुन महिनायता नेपाल भित्रने पर्यटक बढेको तथ्यांकले देखाएको छ । अघिल्लो महिना सो विमानस्थल हुँदै १ हजार १३३ जना पर्यटक आएका थिए ।

गत महिना सबैभन्दा धेरै पर्यटक आउने मुलुकमा भारत, अमेरिका र बेलायत रहेका छन् । यी मुलुकबाट क्रमशः १ हजार १०५, ८१९ र १८५ रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x