Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सञ्चालनमा आएको ४ दिन नबित्दै पुनः बन्द भयो इन्द्रावती तेस्रो आयोजना

सञ्चालनमा आएको ४ दिन नबित्दै पुनः बन्द भयो इन्द्रावती तेस्रो आयोजना

सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको ४ दिनमै पुनः बन्द भएको छ । शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नंका टावरमा आइतवार राति क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो ।

यसअघि गत असार १ गते याँग्री खोलामा आएको बाढीले आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको थियो । करिब डेढ महिनापछि गत बुधबार मात्र सञ्चालनमा आएको उक्त आयोजनाको उत्पादन आइतबार राति १० बजेदेखि पुनः बन्द भएको आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए ।

सिन्धु खोलामा आएको बाढीका कारण एउटा टावर बगाएको र एउटा भाँचिएको छ । यसको मर्मत गर्न सहज अवस्था भए कम्तीमा १५ दिन लाग्ने उनको भनाइ छ । अविरल वर्षाका कारण बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभीको लाइनमासमेत क्षति पुग्दा मेलम्ची क्षेत्रमा अहिले विद्युत् अवरुद्ध भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x