Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सर्वोत्तम सिमेन्टको शेयर खरिदमा वरिष्ठ उपाध्यक्षको नाम जोडेकोमा महासंघको ध्यानाकर्षण

सर्वोत्तम सिमेन्टको शेयर खरिदमा वरिष्ठ उपाध्यक्षको नाम जोडेकोमा महासंघको ध्यानाकर्षण

काठमाडौं, १८ साउन । सर्वोत्तम सिमेन्टको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसँग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा आएका समाचारप्रति महासंघले गम्भिर ध्यानाकर्षण जनाएको छ।

उनका भाई हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै गरेको शेयर कारोबारकोे विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आँच पु¥याउने भन्दै सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

वरिष्ठ उपाध्यक्ष ढकाल महासंघकोतर्फबाट बोर्डमा प्रतिनिधिको रुपमा सञ्चालक समितिमा रहेका छन् ।

सर्वसाधारणलाई महँगोमा शेयर बिक्रीको प्रस्ताव गरेको सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई शेयर जारी गर्नुअघि नै बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद तथा धितोपत्र बोर्डका सदस्य ढकालका पारिवारिक सदस्यका नाममा हस्तान्तरण गरिएको भन्दै पछिल्लो समय त्यसको आलोचना भइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x