Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आन्तरिक स्रोत बढाउने र व्यापार घाटा घटाउने कार्यमा केन्द्रित हुन कर्मचारीहरुलाई मन्त्री शर्माको निर्देशन

आन्तरिक स्रोत बढाउने र व्यापार घाटा घटाउने कार्यमा केन्द्रित हुन कर्मचारीहरुलाई मन्त्री शर्माको निर्देशन

काठमाडौं, १८ साउन । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक स्रोत बढाउने र बाह्य ऋण तथा व्यापार घाटा घटाउनु आफूहरुको मुख्य कार्यभार रहेको भन्दै सबै विभागीय प्रमुखसहित कर्मचारीहरुले सोही स्प्रिटलाई मनन् गर्न निर्देशन दिएका छन् । अर्थसचिव मधु कुमार मरासिनीको पदवहाली कार्यक्रममा उनले यस्तो बताएका हुन ।

“मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर हुँदैन । अत्यावश्यकीय महत्वपूर्ण विषयहरुमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्छ ।” मन्त्री शर्माले भने “मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा ग¥यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु ।”

यस्तै कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी बृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहेनपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिवीको अन्त्य गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x