Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

४.०६ अंकले बढ्यो शेयर बजार

४.०६ अंकले बढ्यो शेयर बजार

काठमाडौं, १८ साउन । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से ४.०६ अंकले बढेर ३०८५.०७ विन्दुमा उक्लिएको छ । यसअघि नेप्सेले ३१00 विन्दुको उच्चतम अंक पार गरेर फर्किएको हो ।

कारोबारमा आएकामध्ये ८ समूहका परिसूचक कमजोर छन् । व्यापार, विकास बैंक, होटल तथा पर्यटन, म्यूचुअल फन्ड, हाइड्रोपावर , जीवन र निर्जीवन बीमा समूहको सूचक घटेको छ । कारोबार पनि २२६ कम्पनीको १० अर्ब ९८ करोड ३५ लाख रुपैयाँको भएको छ। आइतबार भने कारोबार १२ अर्ब १० करोड ३८ लाख रुपैयाँको भएको थियो ।

सोमबार सबैभन्दा धेरै गुराँस लघुवित्त र घलेम्दी जलविद्युतको शेयर मूल्य बढेको छ । यी दुबै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै माउन्टेन हाइड्रो नेपाल र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्यमा भने ५ प्रतिशत भन्दा माथिको गिरावट छ ।

अरुण कावेली पावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ। यो कम्पनीको ३७ करोड ६० लाखको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x