Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अर्थमन्त्रालयबाट सचिव ढुंगानाको बिदाई

अर्थमन्त्रालयबाट सचिव ढुंगानाको बिदाई

काठमाडौं, १८ साउन । अर्थसचिवको करिब २ वर्ष जिम्मेवारी समालेका शिशिरकुमार ढुंगाना अर्थमन्त्रालयबाट बिदा भएका छन् । महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएपछि ढुंगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् ।

मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी उनको बिदाई गरिएको छ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको समयमा राजस्व सचिव रहेका उनी २ वर्ष अवधि पूरा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएका थिए । खतिवडाकै समयमा अर्थसचिव डा. राजन खनालको अवकासपछि पुनः अर्थसचिव भएर अर्थमन्त्रालयमा आएका थिए । खतिवडापछि विष्णुप्रसाद पौडेलको कार्यकालमा पनि उनले अर्थसचिवको रूपमा कार्यसम्पादन गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x