Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रधानमन्त्रीको भारत भ्रमण चैत्र २३ देखि २५, के—के छन् एजेण्डा ?

प्रधानमन्त्रीको भारत भ्रमण चैत्र २३ देखि २५, के—के छन् एजेण्डा ?

काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण चैत्र २३ देखि २५ सम्मका लागि तय भएको छ । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार उक्त भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसँग अर्थ, उद्योगवाणिज्य, उर्जा, संस्कृति तथा पर्यटन मन्त्री, सांसदहरु तथा उच्च सरकारी अधिकारीहरुको सहभागीता रहनेछ । प्रधानमन्त्री ओलीले भारतभ्रमणका क्रममा द्विपक्षीय सम्बन्धलाई मजबुत गर्ने विषयमा कुराकानी गर्नेछन् ।
निर्वाचनपछि शक्तिशाली प्रधानमन्त्रीका रुपमा ओली भारत जान लागेका हुन् । वामपन्थी सरकार बनेपछि भारतले सरकारसँग सम्बन्ध विस्तारलाई प्राथमिकता दिएको छ ।
भारत भ्रमणको दौरानमा ओलीले समकक्षी नरेन्द्र मोदीसँग आपसी हितका विषयमा कुराकानी गर्नेछन् । उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट गर्नेछन् । भारत सरकारका वरिष्ठ मन्त्रीहरुले पनि प्रधानमन्त्री ओलीलाई भेट्नेछन् ।
भ्रमणको मुख्य उद्देश्य दुई देशको आर्थिक सम्बन्धलाई अझै प्रगाढ र मजबुत बनाउने, आपसी विश्वास तथा संवेदनशीलतालाई सम्बोधन गर्नु हो । यसअघि भएका सहमतिहरुको कार्यान्वयनको विषय पनि छलफलका क्रममा उठाइनेछ ।
दुई देशबीचको सदियौंदेखिको विशेष तथा मैत्रीपूर्ण सम्बन्धलाई भ्रमणले थप सहयोग र साझेदारी तथा दुवै देशका नागरिकको लाभ तथा प्रगतिका लागि अवसर प्रदान गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले पट्नागर, उत्तराखण्ड भ्रमण गर्नेछन् भने उनी गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x