पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठक आज बस्दै
काठमाडौं, १ड चैत । पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठक आज बस्दैछ । समितिलाई पुर्णता दिन र पुनर्निर्माणमा भइरहेको प्रगतिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अपरान्ह ५ बजे बैठक बस्न लागेको हो ।
परामर्श समितिमा प्रभावित २३ जिल्लाका सांसदहरु रहने व्यवस्था भएपनि अहिले सो पद रिक्त छ । अघिल्लो संसद विघटन र प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण समिति रिक्त बनेको हो । नयाँ जनप्रतिनिधि आइसकेकाले आजको परामर्श समिति बैठकले पुर्णता पाउने प्राधिकरणले जनाएको छ । यस्तै आजको बैठकमा भूकम्प पीडितलाई घर निर्माणका लागि दिइने राहत अनुदान तथा पुनर्निर्माणमा भइरहेको कामबारे प्राधिकरणका सिईओ युवराज भुसालले प्रधानमन्त्री ओलीलाई आज ब्रिफिङ गर्ने छन् ।