Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

भृकुटीमण्डपको मासिक आम्दानी ५० लाख, तर अस्तव्यस्त व्यवस्थापन

भृकुटीमण्डपको मासिक आम्दानी ५० लाख, तर अस्तव्यस्त व्यवस्थापन

युवराज पन्त
काठमाडौं, १८ चैत । काठमाडौंको भृकुटीमण्डप विभिन्न सभा, समारोह देखि मेला, प्रर्दशनी आयोजना गर्नका लागि उपयूक्त स्थान हो । प्रशस्त खुला ठाँउ र प्रर्दशनी हल समेत भएका कारण प्रायः यस स्थानमा विभिन्न किसिमका मेला, प्रर्दशनीहरु हुनेगर्दछ । सो मेला, प्रर्दशनी संचालन गरेवापत समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप संचालन कार्यालयले मासिक करिब ५० लाख रुपैंया शूल्क आर्जन गर्ने गरेको छ ।

मासिक लाखौ रुपैयाँ आम्दानी गरेपनि यस क्षेत्रको भौतिक संरचनाको अवस्था भने दयनिय नै छ । ढल निकाशको राम्रो व्यवस्था छैन भने प्रदर्शनी हलमा पानी चुहिन थालेको छ । भवनको स्वरुप पनि पुरानो भइसकेको छ भने सडकहरु पनि व्यवस्थित छैनन् । लाखौ शूल्क उठाउने परिषद्को ध्यानभने यता तिर पुग्न सकेको छैन ।परिषद्को लापरबाहिका कारण भृकुटीमण्डप दिनप्रतिदिन अव्यवस्थित बन्दै गएको स्थानीय व्यापारीहरु बताउछन् । परिषद् कमाउ तिर मात्र लाग्दा यहाँको रुपरुप विग्रदै गएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

तर परिषद् भने अवको प्रथमिकता भौतिक संरचना निर्माण र ढलको उपयूक्त व्यवस्थापन भएको बताउछ । विगतमा पनि आवश्यक मर्मत सम्भार र व्यवस्थापनको काम गरेको भन्दै परिषद्का सहायक निर्देशक लेखराज शाहले अव भौतिक संरचना निर्माण र भएकाको व्यवस्थापनको काम छिटै थाल्ने बताउछन् ।

 

 

प्रर्दशनी देखि पसल संचालनसम्म, कसको शूल्क कति ?
भृकुटीमण्डप संचालन कार्यालयले प्रयोग र ठाँउ अनुसारको प्रचलित भाडादर तय गरी शुल्क लिदै आएको छ । प्रदर्शनी हल चउर सहितको प्रतिदिन १ लाख ५० हजार रुपैंया, ठुलो चउर मात्र प्रतिदिन ६० हजार रुपैयाँ, बगैंचा प्रतिदिन ६० हजार, प्रदर्शनी हल पछाडीको चउर प्रतिदिन १० हजार, मूल प्रवेशद्वारसंगैको सानो चउर प्रतिदिन २० हजार रुपैयाँ शूल्क लिने गरेको छ । त्यस्तै सानो तथा ठुलो पर्दाको फिल्म सुटिङ्ग प्रतिदिन १५ हजार रुपैयाँ, पेप्सी÷फ्यान्टा÷कोकाकोला आदि गाडीको प्रवेश प्रतिमहिना ३ हजार रुपैयाँ का दरले शूल्क लिदै आएको छ । बगैंचा प्रवेशमा पनि प्रतिब्यक्ति ४० रुपैयाँका दरले शूल्क उठाउने गरेको छ ।

यसका अलवा नाङ्गलेमा पसल थापेको प्रति महिना ३ हजार रुपैयाँ, होलसेल ब्यापारप्रति महिना ३ हजार रुपैंया, खुला बजार प्रति स्क्वा.फुट १३ रुपंैयाका दरले शूल्क लिदै आएको छ । व्यापारीक प्रयोजनले खोलिएका विभिन्न पसलहरुमा हरेक तीन बर्षमा १० प्रतिशतका दरले भाडा बढ्ने नियम रहेको शाहले जानकारी दिए । यसैगरी टेलिफिल्म, लोकदोहोरी छायाङ्कन लगायतका कार्यहरु वापत पनि प्रतिदिन १५ हजार रुपैयाँका दरले शूल्क लिने गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x