सन्राईज बैंकको बानियाटार शाखा स्थानान्तरण

काठमाडौं, १८ चैत । सन्राइज बैंक लिमिटेडले काठमाडौंको बानियाटार शाखालाई साविकको स्थानबाट करिव ३० मिटरको दुरीमा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच बैंक संचालक समितिका अध्यक्ष मोतीलाल दुगडले बानियाटार शाखाको उद्घाटन गरे ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको जनाएको छ। त्यसैगरि बैंकले सेन्ट्रल पार्क विशालनगरमा एटिएम संचालनमा ल्याएको छ । सेन्ट्रल पार्क एटिएमको उद्घाटन सेन्ट्रल पार्कका अध्यक्ष कल्याण पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरे ।

हाल सन्राइज बैंकले मुलुकभर ७६ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *