Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सानिमा लाइफको आइपीओ विक्री खुला

सानिमा लाइफको आइपीओ विक्री खुला

काठमाडौं, २० साउन । सानिमा लाइफ ईन्स्योरेन्सको आइपीओ आजदेखि विक्री खुला भएको छ। कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।

सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन गरिएको हो । सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरीदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

आईपीओमा साउन २४ गतेसम्म विक्री मा रहनेछ । न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x