Date

शुक्र, असार २०, २०८२
Fri, July 4, 2025

इसेवा मार्फत हवाइ जहाज टिकट काट्नेलाई आकर्षक उपहार

इसेवा मार्फत हवाइ जहाज टिकट काट्नेलाई आकर्षक उपहार

काठमाडौं, २० साउन । इसेवा मार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु यस योजनामा सहभागी हुनेछन् । यो योजना एक महिनासम्म सञ्चालन हुने इसेवाले जनाएको छ।

यस योजना अन्तरर्गत इसेवा मार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले अमार्या फेशन हाउसमा सपिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् । यस्तै टाइटानमा सपिङ गर्दा १० प्रतिशत छुट पाइने छ भने भोजमा १० हजार हजार भाग्यशाली यात्रुले २० प्रतिशत अथवा २५० रुपैयाँ सम्मको छुट पाउने छन् । यस्तै हरेक यात्रुले आगामी ६ महिना भित्रमा अर्को हवाइ यात्राका क्रममा रि–सेड्युल गर्नुपरेमा त्यसका लागि लाग्ने शुल्क समेत इसेवाले बेहोर्ने छ । यस योजनामा सहभागि हुनका लागि इसेवामा केवाइसी भेरिफाइड भएको हुनु पर्नेछ भने इसेवा एप मार्फत टिकट काट्नु पर्ने जनाइएको छ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *