सुनको मूल्य तोलाको ९२ हजारमा झर्यो

काठमाडौं, २० साउन । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा प्रतितोला तीन सय रुपैयाँले मूल्य घटेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रुपैयाँ थियो । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९१ हजार आठ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधवार चाँदीको मूल्य भने बढेको छ । चाँदी १० रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *