Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सरकारले जुन स्थानमा खटाएपनि काम गर्न तयार छु : कार्यकारी निर्देशक शाक्य

सरकारले जुन स्थानमा खटाएपनि काम गर्न तयार छु : कार्यकारी निर्देशक शाक्य

काठमाडौं, २० साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा गर्न तयार रहेको बताएका छन् । उनले आरोप मात्रै लगाएर पदबाट हटाइए कानुनी प्रक्रियामा जाने चेतावनी दिदै अरु ठाउँमा विकल्प दिनुपर्ने बताए ।

सरकारले जुन स्थानमा खटाए पनि आफु काम गर्न तयार रहेको कार्यकारी निर्देशक शाक्यले प्रष्ट पारे ।

पत्रकार सम्मेलन मार्फत उनले सरकारले आफ्नो राजीनामा माग गरेको नभई वैकल्पिक व्यवस्थाबारे सोधिएको समेत स्पष्ट पार्दै राजीनामाका लागि कुनै पनि निर्देशन वा अनुरोध नआएको बताए । प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको भए पनि नभनेकाले काम नगरेको जस्तो देखिएको शाक्यले बताए । उनले सरकारबाट राजीनामाका लागि कुनै निर्देशन वा अनुरोध नआएको दाबी पनि गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x