Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से परिसूचक ३१२३ विन्दुमा साढे १५ अर्ब रुपैयाँको शेयर कारोबार

नेप्से परिसूचक ३१२३ विन्दुमा साढे १५ अर्ब रुपैयाँको शेयर कारोबार

काठमाडौं, २० साउन । बुधबार नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । लगातार उकालो लागेको परिसूचक आज १२.०३ अंकले वृद्धि भएर ३१२३.१५ विन्दुमा रोकिएको छ । आज परिसूचक ३१४० विन्दुमा पुगेर फर्किएको थियो ।

आज २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज ६ वटा हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यी ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यस्तै युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि १० प्रतिशतले नै शेयर मूल्य वृद्धि भएको छ ।

ङ्यादी ग्रुप पावर लिमिटेडको भने शेयर मूल्य ५ प्रतिशतले घटेको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री अपि पावर कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ७९ करोड ५० लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ६ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक ५.८१ अंकले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x