आरम्भ चौतारी लघुवित्तले गतवर्ष खुद नाफा ३९०.५६ प्रतिशतले बढायो

काठमाडौं, २० साउन । गत आर्थिक वर्ष २०७७–०७८ मा आरम्भ चौतारी लघुवित्तले खुद नाफा ३९०.५६ प्रतिशतले बढाएको छ। गत वर्ष कम्पनीले ११ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ।

आघिल्लो वर्ष कम्पनीले २ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढेको हो ।
खुद ब्याज आम्दानी ११०.९७ प्रतिशत र सञ्चालन नाफा ३६०.५२ प्रतिशतले बढेको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८८ पैसाले बढेर ४१ रुपैयाँ १३ पैसा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *