Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

अदालती प्रकृयामा रहेका विषयमा समाचार लेख्दा ध्यान पुर्‍याउन सेञ्चुरी बैंकको आग्रह

अदालती प्रकृयामा रहेका विषयमा समाचार लेख्दा ध्यान पुर्‍याउन सेञ्चुरी बैंकको आग्रह

काठमाडौं, २१ साउन । सेञ्चुरी कमर्सियल बैंक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध आएका समाचारप्रति बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बैंकले त्यस्ता भ्रामक र कपोकल्पित समाचार विभिन्न केही मिडियामा प्रेषित भएकोप्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति प्रकाशित गरेको छ । बैंकले त्यस्ता समाचारप्रति बैंक खेद व्यक्त गरेको छ ।

बैंकको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिर्इ तथ्य सत्यको आधारमा प्रकाशित गर्न मिडियालाई अनुरोधसमेत गरेको छ ।

बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पलहमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्तासँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको जनाएको छ ।

छिट्टैै यस मुद्धाको फैसला आउनेमा बैंक विश्वस्त रहेको जानकारी गराएको छ । अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्धामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनिय र कानून संगत नभएको बैंकको दावी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *