Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सन्राइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा बिस्तार

सन्राइज बैंकको ३ वटा शाखारहित बैंकिङ सेवा बिस्तार

काठमाडौं, २१ साउन । सन्राइज बैंकले कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. १४, बयलकाँडामा ८२ औं शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले गत हप्ता मात्रै सुदुरपश्चिम प्रदेशको कैलाली जानकी गाउँपालिका वडा नं.९ खैरीफाँटा ८० औं र कैलालीकै टिकापुर नगरपालिका वडा नं.०८, धनसिंहपुरमा ८१ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बंैकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x